आज बोलाइएको बागमती प्रदेशसभाको बैठक स्थगित

हेटौंडा, फागुन ५ । बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर अनिश्चितकाका लागि स्थगित गरीएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक आज बिहान सूचना टाँसेर बैठक स्थगित गरीएको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेस गरिएपछि बागमती प्रदेशसभाको बैठक स्थगित हुँदै आएको छ । हिजो राति अबेरसम्म प्रदेशसभा कसरी अगाडि बढाउने भनेर छलफल गरेपनि सहमति जुट्न नसकेपछि आज बिहानै सूचना टाँसेर बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।

गत पुस १० गते प्रदेशसभा नेकपा संसदीय दलका ८० सांसदमध्ये ४५ जनाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । यस्तै नेकपाको केन्द्रदेखि नै विवाद रहेकाले प्रदेशसभा बैठक पनि लगातार स्थगित हुँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*