ट्रकको ठक्करबाट हरिणको मृत्यु

५ फागुन, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिकामा ट्रकको ठक्करबाट एक हरिणको मृत्यु भएको छ ।

आज बिहान करिब साढे चार बजे रत्ननगर नगरपालिका वडा नं. ९ सिंचाइगेट अगाडि ना ६ ख १४६० नम्बरको ट्रकको ठक्करबाट हरिणको मृत्यु भएको हो । हरिणको घटनास्थलमै मृत्यु भएको छ ।रौतहटबाट नुवाकोटतर्फ जाँदै गरेको सो ट्रकलाई प्रहरीले चितवनको रामनगरबाट पौने सात बजे नियन्त्रणमा लिएको थियो ।

ट्रक चालक नवलपरासीको देवचुली नगरपालिका वडा नं. १ बस्ने २४ वर्षीय अनिल कुमाललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी सूर्य थापाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*