राजदूत साइगोले प्रधानमन्त्री ओलीसँग विदाइ भेट गरे

फागुन ५, काठमाडौँ– नेपालका लागि जापानी राजदूत मासामिची साइगोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

आफ्नो दुई वर्ष नौ महिना लामो कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लागेका राजदूत साइगोले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग विदाइ भेट गरेका हुन्।

भेटमा प्रधानमन्त्री ओलीले राजदूत साइगोको कार्यकाल सफल रहेको उल्लेख गर्दै यस अवधिमा नागढुंगा सुरुङ लगायतका विभिन्न कार्यक्रमहरु मार्फत नेपाल र जापानबीचको मैत्री सम्बन्ध थप सदृढ बनाउन भूमिका खेलेकोमा धन्यवाद दिएका थिए।

त्यस्तै राजदूत साइगोले आफ्नो कार्य अवधिभर नेपाल सरकारबाट प्राप्त सहयोगका लागि आभार प्रकट गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*