प्रधानमन्त्री ओली आज सर्वोच्च जाँदै

काठमाडौं, फागुन ६ – प्रधानमन्त्री केपी शर्मा ओली आज सर्वोच्च अदालत जाने भएका छन् ।

अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिनका लागि प्रधानमन्त्री ओली आज सर्वोच्च जाने भएका हुन् । अदालतको अवहेलनाको आरोपमा ओलीविरुद्ध सर्वोच्चमा परेको मुद्दामा म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न सर्वोच्चले ओलीलाई आदेश दिएको थियो ।

म्याद बुझेको सात दिनभित्र लिखित जवाफ दिनुपर्ने व्यवस्थाअनुसार उनी जवाफ लिएर अदालत जान लागेका हुन् । प्रतिनिधिसभा विघटन र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले ओलीविरुद्ध रिट निवेदन दर्ता गराएका थिए ।

प्रधानमन्त्री आउने भएपछि सर्वोच्च अदालत परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*