परीक्षा हलमै टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्ध

हेटौंडा, फागुन ६ – परीक्षा हलभित्रै टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने कक्षा १२ का एक विद्यार्थीको परीक्षा रद्ध भएको छ।

गएको मंसिरमा भएको कक्षा १२ को परीक्षामा सहभागी कालिका मावि, सिंहासैन दैलेखका विद्यार्थी रोशनकुमार शाहीको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले रद्ध गरेको हो। शाहीले परीक्षा समयमै टिकटक बनाएर सामाजिक सञ्जालमा राखेका थिए। उनको चालु खण्डको परीक्षा रद्ध गरिएको बोर्डले सूचना जारी गरेर जानकारी दिएको छ।

त्यसैगरी सोही विद्यालयका केन्द्रध्यक्ष चक्रबहादुर शाही र परीक्षा निरीक्षक कमलबहादुर शाहीलाई पनि बोर्डले कारबाही गरेको छ। उनीहरुलाई तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही गरिएको बोर्डले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*