संसद् विघटन गरेर ओलीले देश दुर्घटनातर्फ धकेले – देउवा

काठमाडौं, फागुन ६ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल मगर संघ गण्डकीको प्रथम भेलालाई बिहीबार पोखरामा सम्बोधन गर्दै प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई दुर्घटनातर्फ धकेलेको बताएका छन्।

उनले भने, ‘प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेर देश दुर्घटनातर्फ धकेलेका छन् । यो ठीक हो या होइन, अदालतले फैसला गर्छ । यसबारे अदालतले जे फैसला गर्छ, हामी त्यसैको पक्षमा हुन्छौं ।’ देउवाले नेपाली कांग्रेस प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्चको फैसला कुरेर बसिरहेको बताए।

त्यस्तै उनले दाहाल–नेपाल समूहले पैसा खर्च गरेर जुलुस गरेको संकेत गर्दै भने, ‘पैसा नहुँदा हाम्रा त क्रियाशील सदस्य पनि जुलुसमा आउँदैनन् । हामीले त्यति जुलुस निकाल्न सकिन्न, पैसा छैन।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*