मकवानपुरे पाण्डेले पाए प्रचण्डको सुरक्षाको जिम्मा

फागुन ६, हेटौँडा । सरकारले भीआइपीहरुको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको संख्या कटौती गरेपछि विभाजित नेकपाका अध्यक्ष प्रचण्डको सुरक्षामा पूर्व लडाकूको टिम खटाइएको छ । प्रचण्डको सुरक्षाको जिम्मा मकवानपुरे युवा नेता तथा पूर्व लडाकु प्रकाश पाण्डेले लिएका छन् ।

माओवादी जनमुक्ति सेनाका पूर्व बटालियन कमाण्डर प्रकाश पाण्डे (प्रलोक)को कमाण्डमा तालिमप्राप्त टिम खटिएको प्रचण्डका पूर्व सुरक्षा कमाण्डर युवराज दुलालले बताए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजन नभएसम्म तत्कालीन डिभिजन कमाण्डर दुलालकै नेतृत्वमा पूर्व जनमुक्ति सेनाले हतियार सहित प्रचण्डको सुरक्षा गरेको थियो ।

सोही टोलीमा रहेका पाण्डेको कमाण्डमा पूर्व लडाकूको समूहले अहिले प्रचण्डको सुरक्षामा खटिएको हो । पाण्डे लामो प्रचण्डको सुरक्षामा खटिएका थिए । उनी तत्कालीन वाईसीएलको केन्द्रीय सचिव र मकवानपुर नेकपाको कार्यालय सदस्य हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*