मनिला विष्टले राजिनामा नदिएको अदालतको ठहर

फागुन ६, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टको राजिनामा प्रकरणमा उच्च अदालत पाटन हेटौंडा इजलासले उत्प्रेषण र परमादेश जारी गरेको छ ।

बुधबार न्यायाधीशद्वय चण्डीराज ढकाल र मोहम्मद साविर हुसेनको संयुक्त इजलाशले मनिला विष्टको माग बमोजिम राजीनामा दिएको पुष्टि नहुने भन्दै पदमुक्त नहुने आदेश गर्नुका साथै नियमित काममा फर्कनका लागि माग बमोजिम परमादेश जारी गरिएको छ ।

गत मंसिर २९ उपाध्यक्ष विष्टले राजीनामा दिएको भन्दै पुस १७ गते गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले राजिनामालाई स्विकृत गरेका थिए । विष्टले आफुले राजिनामा नदिएको भन्दै उच्च अदालत पाटन हेटौंडा इजलाशमा रिट दायर गरेकी थिइन् । उक्त रिटउपर अदालतले उपाध्यक्ष विष्टको पक्षमा फैसला गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*