मनहरीमा ट्रकले मोटरसाईकलाई ठक्कर दिँदा एकको मृत्यु

हेटौंडा, फागुन ७ । गएराति मकवानपुरको मनहरी गाउँपालिकामा ट्रकले मोटरसाईकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनहरी मनहरी गाउँपालिका वडा नंबर ९ का अन्दाजी ३५ वर्षाीय जनक ढकाल रहेको ईलाका प्रहरी कार्यलय मनहरीले जनाएको छ ।

मनहरीबाट ज्यामिरे तर्फ जाँदै गरेको ना ४२ प २५०८ नंबरको मोटरसाईकलाई विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ३४२७ नंबरको ट्रकले ठक्कर दिँदा ढकालको मृत्यु भएको हो ।

दुर्घटनापछि स्थानीयले केहिबेर सडक अवरुद्ध गरेका थिए । हाल मृतकको शव हेटौंडा अस्पतालमा रहेको र ट्रक चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*