भीम आधार सामुदायिक स्कूलमा अल्सा लामा सम्मानित 

मकवानपुर फागुन ७- भीमफेदी श्री महेन्द्र माध्यमिक विद्यालय भीमफेदी कक्षा १० मा अध्ययनरत विद्यार्थी अल्सा लामा शैशब मञ्च नेपाल द्दारा आयोजित बागमती प्रदेश स्तरीय वक्तृत्वकलामा प्रथम स्थानमा बिजयि हुन सफल भएकी छिन्।

बागमती प्रदेशमा सहभागिता बिधालय बाट उत्कृष्ट हुदै मकवानपुर थाहा नगरपालिका र ईमाडोल ललितपुर लाइ पछाडि पार्दै उक्त स्थानमा बिजयि हुन सफल अल्सा लामा लाई भीम आधार कम्युनीटी स्कूल भीमफेदी ले सम्मान ब्यक्त गरेको छ। सफल मेघावि छात्रा अल्सा लामा लाई बिधालय प्रशासन प्रमुख सुरेन्द्र थीकेले खादाले सम्मान सहित मायांको चिनो प्रदान गरिएको थियो।

बिधालय प्रिन्सिपल माया सिवाकोटी र शिक्षिकाले खादा सहित टिका प्रदान गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*