प्रचण्ड– माधव समूहको स्थायी कमिटी बैठक जारी

फागुन ७, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड– माधव समूहको स्थायी कमिटी बैठक अहिले पार्टी कार्यालय पेरिसडाँडामा जारी छ।

केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जानेबारे निर्णय लिन स्थायी कमिटी बैठक बसेको बताइएको छ।

लामो समयसम्म नेकपा विवाद टुंगो नलगाएपछि आफूहरुसँग बहुमत रहेको सिद्ध गर्न केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने तयारी प्रचण्ड नेपाल समूहले गरेको हो।

यसका लागि नागरिकतासहित पार्टी कार्यालयमा उपस्थित हुन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिइएको छ।

आयोगले समय दिए आजै निर्वाचन आयोगको कार्यालयमा जाने तयारी भइरहेको छ। गत पुस ५ गते संसद विघटनको घोषणा भएपछि नेकपा विभाजित छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*