मकवानपुरमा निर्वाचनका लागि सुरक्षा रणनीति तयार
हेटौंडा, फागुन ७ । सरकारले आउँदो बैशाखमा गर्न लागेको निर्वाचनमा मकवानपुरका २ लाख ७२ हजार ४ सय ७८ जना मतदाताले मतदान गर्ने भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय मकवानपुरको आयोजनामा निर्वाचन आचारसंहिता २०७७ मस्यौदामा भएका व्यावस्था सम्बन्धमा सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा यसका बारेमा जानकारी दिइएको हो । यस जिल्लामा एक सय ६५ मतदान स्थलबाट ३ सय ३८ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्द प्रसाद पौडेलले वताउनुभयो ।
आचार संहिताका विषयमा जिल्ला आज राजनीतिक दल, मकवानपुरका सुरक्षा निकायका प्रमुखहरु, पत्रकार लगायतकाको सहभागितामा अन्तरक्रिया भएको हो । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले निर्वाचन आचार संहिता सबैले पालना गर्नुपर्ने वताउनुभयो ।
चुनाबको समयमा धेरै गाडीका लाइन लगाएर र भोज खुवाएर निर्वाचनमा विजयी नहुने भएकाले यसको पालना गर्नुपर्ने वताउनुभयो । निर्वाचनका लागि सुरक्षा रणनीति तयार रहेको उहाँले वताउनुभयो । बैशाखमा हुने प्रतिनीधिसभाको निर्वाचन स्वस्च र धादली रहित वनाउनका लागि आफुहरु तयार रहेको रिजालले वताउनुभयो ।
























