गाँजासहित हेटौंडामा दुई जना पक्राउ
फागुन ७, हेटौंडा –जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडामा २५ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलीले प्राप्त सुचनाको आधारमा हेटौंडा उपहानगरपालिका वडा नं. ११ नवलपुरस्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्ड अन्तरगत हेटौंडा तर्फ आउँदै गरेको ना.१ ह ७२३६ नम्बरको अटोबाट लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. १ पलासे बस्ने २१ बर्षीय नवराज थिङ र सोही स्थान बस्ने २० बर्षीय बाबुराम थोकर रहेका छन् । अटोको पछाडिको सिटमा गाँजा लुकाएर राखेको अवस्थामा ४ वटा पोकामा लागूऔषध गाँजा २५ किलो बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गाँजा र अटो सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरको प्रहरीले जनाएको छ ।
























