मकवानपुरकी राजथलाले दिइन शैक्षिक परामर्श संघ नेपालको निर्वाचनमा उम्मेद्वारी

हेटौँडा, फागुन ७ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपालको १० औँ साधारणसभा तथा अधिवेशनमा स्वतन्त्र सदस्य तर्फ मकवानपुरकी रेश्मा राजथला थापाले उम्मेद्वारी दिएकी छिन् ।

विगत १५ वर्षबाट ओइसिस मा कार्यरत र विगत ६ वर्षबाट सोहि सस्थाको इन्टरनेशल रिलेसन डाईरेक्टर पदमा कार्यरत उनले सदस्यको पदमा उम्मेद्वारी दिएकी हुन ।

शैक्षिक परामर्ष क्षेत्रमा महिलको पनि प्रतिनिधित्व शुनिश्चित गर्न आफ्नो उम्मेद्वारी भएको थापको भनाई रहेको छ । शैक्षिक क्षेत्रको क्रियाकलापको लागि विभिन्न देशको भ्रमण समेत गरिसकेकि थापाले आफु विजयी भए यस क्षेत्रको विकासमा थप योगदान दिने बताईन् ।

लामो समयसम्म र्शक्षिक परामर्श क्षेत्रमा समय विताई सकेकोले यस क्षेत्रको समस्या र संभावनाको विषयमा आफु जानकार रहेको भन्दै उनले आफुलाई अत्याधिक मत सहित विजयी बनाउनको लागि उनले अनुरोध समेत गरिन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*