श्रीवैष्णव युवा परिषद मकवानपुरको अध्यक्षमा दुर्गाप्रसाद न्यौपाने

मकवानपुर, ८ फागुन । श्रीवैष्णव युवा परिषद मकवानपुर शाखाको अध्यक्षमा दुर्गाप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन् । श्रीवैष्णव युवा परिषद् मकवानपुरको आज भएको चौंथो वार्षिक साधारणसभा एवं अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।

नयाँ समितिको उपाध्यक्ष हयगृव न्यौपाने (कृष्ण), सचिव धर्मेन्द्र सुवेदी, कोषाध्यक्ष यदुनाथ सुवेदी र सहसचिव महालक्ष्मी पराजुली चयन भएका छन् । समितिको सदस्यहरुमा अयोध्या भट्टराई, रामहरि शर्मा, नवराज न्यौपाने, पवित्रा अधिकारी, केशव न्यौपाने र नविन पौडेल चयन भएका छन् ।

साधारण सभा र अधिवेशनसँगै जगद् गुरु श्रीरामानुज स्तम्भ अनावरण कार्यक्रम समेत भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले श्रीरामानुज स्तम्भ अनावरण गरेका थिए । कार्यक्रम श्रीरामानुज वाग्लेको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा श्रीवैष्णव परिषद् नेपालका महासचिव सुदर्शन नेपाल, श्रीवैष्णव युवा परिषद् नेपालका कोषाध्यक्ष वेद प्रसाद आचार्य, युवा परिषद केन्द्रीय समितिका अन्य पदाधिकारीहरु, वैष्णव महिला परिषद् मकवानपुर जिल्ला शाखाका अध्यक्ष रंगवती शर्मा ढुङ्गाना, रुद्रेश्वर मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष राजिव सुवेदी लगायत भक्त भागवत एवं युवा परिषदका सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*