प्रधानमन्त्री ओली आज कन्चनपुर जाँदै
हेटौंडा, फागुन १० – प्रधानमन्त्री केपी शर्मा ओली आज सोमवार कञ्चनपुर जाँदैदैछन् ।
कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न ओली कञ्चनपुर जाँन लागेका हुन् ।प्रधानमन्त्री जाने भएपछि छेला क्षेत्रमै आमसभा समेत आयोजना गरिएको छ । सोमवार दिउँसो १२ बजे आमसभा कार्यक्रम हुने नेकपा ओली समूहका केन्द्रीय सदस्य पल्लबराज भट्टले जानकारी दिए ।
विगत २ दशकदेखि चर्चामा रहेपनि वन क्षेत्रको भोगाधिकार प्राप्त नहुँदा दैजीछेला औद्योगिक क्षेत्र स्थापनामा ढिलाइ हुँदै आएको छ ।सरकारले ६ वटा ठूला औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडि बढाउने जनाएको छ ।
कञ्चनपुरको दैजीछेला, बाँकेको नौबस्ता, रुपन्देहीको मोतीपुर, मकवानपुरको मयूरधाप, चितवनको शक्तिखोर र झापाको दमकमा ठूला औद्योगिक क्षेत्र निर्माण हुने जनाइएको छ ।
























