भूमिहिनहरुको समस्या समाधान गर्न हेटौंडामा वडा स्तरबाट काम थालिदै

फागुन १०, हेटौंडा । हेटौंडाका १९ वटै वडामा भूमिहिनहरुको समस्या समाधान गर्नका लागि वडा स्तरबाटनै काम सुरु गर्न लागिएको छ ।

प्रत्यक वडाका नागरिको फरक फरक समस्या भएकाले उनीहरुको क्षेत्रमा गएर काम सुरु गर्न लागिएको हो । वडा स्तरमा वडा अध्यक्षको नेतृत्वमा भूमिहिनको तथ्याङ्क संकलन गर्ने, जग्गा नापजाँच गर्ने लगायतका काम सुरु गर्न लागिएको छ ।

भूमि सम्वन्धी समस्या समाधान गर्न तथ्याङ्क संकलन, प्रमाणिकरण सम्वन्धी अभिमुखीकरण कार्यक्रम हेटौंडामा भएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको अध्यक्षतामा कार्यक्रम भएको हो । हेटौंडाको वडा नम्बर १ देखि १० सम्मका वडाका अध्यक्ष, कार्यपालिकाका सदस्य, वडाका सचिब, वडा सदस्य र गडकहरुको अभिमुखीकरण भएको हो ।

हेटौंडामा अव भूमि सम्वन्धी जतीपनि वषौं देखिका समस्याहरु रहेका छन् तीनको समाधान गर्न सबै मिलेर काम गरिने मेयर महतले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*