बकैयाका बालबालिका विद्यालय जानबाट बञ्चित

फागुन १०, मकवानपुर – डिभिजन वन कार्यलय मकवानपुरको कारण पूर्वी मकवानपुरको बकैया गाउँपालिको १०७ जना बालबालिका ५ दिन देखि विद्यालय जानबाट बञ्चित भएका छन् ।

वडा नंबर १ को रजुवाका केहि व्यक्तिले ढिकीफेदीमा रहेको वनदेवि कालिका प्राथमिक विद्यालयका प्रअ सरलो कुमार कछाडीलाई डिभिजन वन कार्यलय मकवानपुरका अधिकृत इमनाथ पौडेलको निर्देशन भन्दै विद्यालय बन्द गर्न धम्की दिए संगै बिहिबार बिहान साँडे ११ बजेबाट विद्यालय बन्द भएको थियो ।

विद्यालय बन्द भएको आज पाँच औं दिन पुग्दा सम्म विद्यालय सूचारु गर्न स्थानीय तह देखि सम्बन्धित निकाय मौन रहेको प्रअ कछाडीको भनाई छ । उनले गाउँपालिकाले दुई गाउँ (रजुवा र ढिकीफेदी)का स्थानीयहरुलाई संगै राखेर जिल्ला वन कार्यलय,प्रशासन कार्यलय,शिक्षा समिति ईकाईले समस्या समाधान तर्फ ध्यान नदिएकोले विद्यालय सूचारु हुन नसकेको बताए ।

उनले भने,‘दुई वर्ष देखि विद्यार्थीहरु टहरोमा पढ्दै आएका छन् । यस वर्ष भवन निमार्णको लागि बजेट आएर निमार्ण कार्य सुरु गरे संगै एक महिना अघि वनले आएर वनको जग्गामा विद्यालय बनाउन सुरु गरेको भन्दै बनाउँदै गरेको भवन र पुरानो टहरो समेत भत्कायो ।’

‘गाउँपालिकाले करिब १ महिना पछि दुई गाउँबिच मौखिक सहमति गराएर विद्यालय सूचारु गर्ने वातावरण बनायो,उनले भने तर विद्यालय सुचारु भएको १२ दिनमै विद्यालय बन्द भयो । विद्यालय बन्द गर्न धम्की दिए पनि विद्यालय सूचारु गर्यौ । तर फेरी फोनबाट समेत धम्की आउँन थालेपछि विद्यालय बन्द गरेका छौ ।’

उनले कक्षा १ देखि ३ कक्षा सम्म भएको विद्यालयमा १ सय ७ जना बालबालिका पढ्ने गरको बताए । उनि भन्छन्,‘सम्बन्धित निकाय विद्यालयमै आएर यहाँको सस्या नबुझ्दा समस्या झ्न बढ्दै गएको छ । मैले गाउँपालिकाका अध्यक्ष दामोदर खनाल र उपाध्यक्ष सरला बोलखे दुबैजनालाई विद्यालयमा फागुन ६ गते बिहिबार भएको घटनाको जानकारी दिईसकेको छु ।

तर आज पाँचौ औं दिन पुग्दा समेत समस्या समाधान हुन सकेको छैन् । आज पाँचौदिन पुगिसक्यो समस्या समाधान तर्फ ध्यान दिन स्थानीय तहनै मौन छ ।’ गाउँपालिकाले दुई गाउँलाई सहमतिमा ल्याएपछि र भत्काईएको टहरा पुनः निमार्ण पछि माघ २५ गते आईतबारबाट विद्यालय सुचारु भएको थियो ।

तर विद्यालय सुचारु भएको १२ दिनमै पुनः विद्यालय बन्द गर्नुपर्ने स्थित आएको छ । रजुवाको स्थानीले डिएफओको नाम लिदैँ विद्यालय पुनः भत्काउने चेतावनी दिएका छन् । विद्यालयका प्रअ कछाडीले वन र दुई गाउँबीचको विवाद नमिलेसम्म विद्यालय खोल्न नसकिने बताए ।

उनले फागुन ६ गते बिहिबार रजुवाका स्थानीय युवाले अवरोध र विद्यालय बन्द गर्न धम्की दिएको भन्दै शुक्रबार फागुन ७ गते जिल्ला प्रशासन कार्यलयमा ज्यान सुरक्षाका लागि निवेदन समेत दिएका थिए । विद्यालय सूचारु गर्न सक्ने स्थिति नभएकोले समयमै दुबै गाउँका स्थानीय र वन कार्यलय,जिल्ला प्रशासन,गाउँपालिका सबै मिलेर समस्याको समाधान तर्फ लाग्नुपर्ने प्रअ कछाडीको भनाई छ ।

वनले शनिबार पारेर भत्काएको थियो १ सय ७ जना विद्यार्थी पढ्ने विद्यालय
डिभिजन वन कार्यलय मकवानपुरका वन अधिकृत इमनाथ पौडेलले चालु वर्षको गएको पुस २५ गते शनिबार विद्यार्थी विदामा भएको दिन पारेर सोहि वडाको रजुवाका स्थानीयहरुलाई निर्देशन दिएर १ सय ७ जना विद्यार्थी पढ्ने वनदेवी कालिका आधारभुत विद्यालयको टहरो र बन्दै गरेको नयाँ भवनको जग समेत भत्काउन लगाएका थिए ।

उनले वनको क्षेत्रमा विद्यालय बनाएको भन्दै भत्काएको बताएका थिए । रजुवाका स्थानीयले आफ्नो ठाउँमा विद्यालय भवन नपरेको भन्दै वनको निर्देशन मान्दै ढिकीफेदीमा रहेको विद्यालयको टहरो र भन्दै गरेको भवन समेत भत्काएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*