पूर्व सांसद रानाभाटको निधन

फागुन १०,चितवन । नेपाली कांग्रेस चितवनका नेता एवं पूर्व सांसद एकनाथ रानाभाटको ६६ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगेको उहाँको उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

रानाभाटको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सभापति श्रेष्ठले परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । रानाभाटको शवलाई मंगलबार बिहान साढे ८ देखि साढे ९ बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि जिल्लास्थित पार्टी कार्यालयमा राखिने छ ।

मंगलबार नै उहाँको देवघाटमा अन्त्येष्टी गरिने श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*