महान्यायाधिवक्ता पदबाट अग्नि खरेलले दिए राजीनामा
फागुन ११, काठमाडौँ – महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । खरेलले महान्यायाधिवक्ता पदबाट आइतबार राजीनामा दिएका हुन् । तर उनको राजीनामा स्वीकृत हुन बाँकी छ ।
आगामी निर्वाचनमा झापाबाट चुनाव लड्नका लागि तयारी गर्ने भन्दै खरेलले राजीनामा दिएको उनी निकट स्रोतले बतायो । यद्यपि उनले अदालतको फैसला आएसँगै राजीनामा दिने बताएका थिए । उनको यो राजीनामासँगै अदालतको फैसलाको पूर्वाअनुमान गर्न सकिन्छ ।
प्रतिनिधि सभा पुनस्स्थापना सम्बन्धि मुद्दामा सरकारको बचाउ गर्न नसकेको भन्दै कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली महान्यायाधिवक्ता खरेलसँग असन्तुष्ट थिए । कामचलाउ प्रधानमन्त्री ओलीले खरेललाई पटक(पटक बोलाएर असन्तुष्टि व्यक्त गरेका थिए । त्योसँगै खरेलले राजीनामा दिएको बालुवाटार स्रोतले पुष्टि गर्यो ।
ुप्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा आफ्नो पक्षको बचाउ व्यवस्थित ढंगले गर्न नसकेको भन्दै खरेलसँग धेरै असन्तुष्टि जनाउँदै राजीनामा माग्नु भएको थियोु स्रोतले भन्यो । राजीनामाबारे बुझ्न खरेललाई इकागजले पटकपटक सम्पर्क गर्दा उनले फोन उठाएनन् । ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खरेललाई २०७४ फागुन ८ गते नियुक्त गरेकी थिइन् ।
























