सर्वोच्चको फैसलापछि ओलीले डाके स्थायी कमिटि बैठक

फागुन १२, काठमाडौ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहको स्थायी कमिटी बैठक डाक्नु भएको छ ।

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनस्थापनाका पक्षमा फैसला गरेपछि ओलीले बुधबार बिहान ११ बजेका लागि स्थायी कमिटि बैठक डाक्नु भएको हो । बालुवाटारमा बस्ने बैठकमा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।

सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओली मौन रहनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*