मुख्यमन्त्री पौडेलले थाहा नगर विकासको जिम्मा लिने प्रतिबद्धता

फागुन १२, मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले थाहा नगरको बिकासको जिम्मा लिने बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा थाहा नगर विस्तारित भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले जिल्लाको उत्तरीक्षेत्रलाई नगरको रुपमा स्थापित गर्न आफ्नो प्रमुख भुमिका रहेको बताउदै अब यस नगरको बिकासको जिम्मा पनि आफुले लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै सरकारले काम गरेन भनेर आलोचना मात्रै गर्नेसङ्ग सरकारले के–के काम गरेन भनेर प्रतिप्रश्न गर्नुपर्ने बताउनुभयो ।

देशमा जुनसुकै माध्यमबाट भएका कामहरु अहिलेको केपी शर्मा ओलिको नेतृत्वको सरकारले गरेको भनी सबैले बुझ्न र बुझाउन जरुरी रहेको बताउनुभयो । नेकपा बागमती प्रदेश कमिटी सचीव खेम लोहनीले देशमा मडारिरहेको कालो बादललाई छिचोल्दै उज्यालो ल्याउन सफल हुने बिश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो हाम्रो काधमा अहिले संगठन निर्माण गर्दै जनतासमक्ष जाने, सरकार विरुद्धको भ्रमहरु चिर्दै जाने र निर्वाचनको माहौल तयार पर्नुपर्ने जिम्मेवारी छ। यसलाई सबै मिलेर पूरा गर्नुपर्छ । यस्तै नेकपा केन्द्रिय सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर रानाले जनताको बिचमा रहेको भुमी सम्बन्धि समस्याको समाधानको लागि सबै जिल्लामा भुमी सम्बन्धि समस्या समाधान आयोगमार्फत जनतालाई भुमिको अधिकार दिलाउन सरकार लागिपरेको बताउनुभयो ।

केन्द्रिय सदस्य एवं संविधानसभा सदस्य सुबासचन्द्र ठकुरी, प्रल्हाद लामिछाने र केन्द्रिय सदस्य एवं प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले प्रधानमन्त्रीलाई संविधानले दिएको अधिकारलाई प्रयोग गरिएको बताउनुभयो । यो संबैधानिक कदम हो, देशमा अराजकता मच्चाउन चाहने व्यक्तिहरुले भ्रम फैलाउदै प्रधानमन्त्रीको कदम असंबैधानिक भनेर भ्रमित बनाउन खोजिरहेकोले कोहि भ्रमामा नपर्न र जनताको बिचमा जाने कुरालाई सबैले स्वीकार गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।

देशभर उर्लिएको जनलहर र जनसहभागिताले नै सरकारलाई एककिसिमको जनादेश प्राप्त भैसकेको बताउनुभयो । ५ बर्षको लागि जनताले म्यान्डेट दिएर पठाएकोमा कामै गर्न नदिएर अस्थिरता फैलाउन लागेपछी जनताले न्याय दिन्छन भनेर संसद विघटन गरि ताजा जनादेश जान खोजिएको नेता लामिछानेको भनाई थियो । नेकपाको मुल पार्टी ओलि नेतृत्वको हो भन्दै उहाँले पार्टी सुदृढीकरण गर्दै पार्टी निर्माणमा अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

यसैगरी नेकपा मकवानपुर जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले रास्टृय बिकास बिरोधिहरुको कारण देश वर्तमान अबस्थामा आईपुगेको बताउनुभयो । ६९६ महिनामा सरकार परिवर्तन गरिरहनुपर्ने मानसिकता बोकेका ब्यक्तिहरुले पार्टी भित्रबाट सरकारको बिरुद्धमा जाईलाग्ने काम भएको भन्दै त्यस्ता मानसिकता बोकेका व्यक्तिहरुलाई जनताले बहिस्कार गर्नुपर्ने बताउनुभयो ।

यस्तै नेकपा मुलधारको पार्टी केपि ओलि नेतृत्वको रहेको भन्दै ओलि नेतृत्वको सरकार मात्रै रास्ट्र, रास्टृयताको पक्षमा हरेकाले ओलि सरकारबाट मात्रै देश सम्बृद्दि तर्फ अगाडि बढ्ने बताउनुभयो । थाहानगरस्थित जिसिज भवनमा भएको कार्यक्रम भेला आयोजक समितिका संयोजक राजु नापितको सभाध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*