प्रतिनिधिसभा पुनर्स्थापनापछि प्रचण्ड–माधव समूहले देशभर विजय जुलुस गर्दै

फागुन १२, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले आज (बुधबार)  देशभर विजय जुलुस गर्दैछ।

प्रतिनिधिसभा पुनर्स्थापना भएको खुशीयालीमा नेकपाको संघर्ष समितिले काठमाडौँसहित देशैभर विजय जुलुस गर्न लागेको हो। काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा हुने विजय जुलुसलाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्ने  केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन्।

जुलुस मध्यान्ह १२ बजे सुरु हुनेछ । यस्तै देशभरका जिल्ला सदरमुकाममा पनि विजय जुलुस हुने छन्। गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको घोाषणा गरेकी थिइन्।

जुन कदमलाई असंवैधानिक ठहर गर्दै मंगलबार सर्वोच्चले बदर गरिदिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*