प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक बस्दै

फागुन १२, काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको आह्वानमा संसदीय दलको बैठक बुधबार बस्दैछ।

सर्वोच्च अदालतले मंगलबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन बदर गरेपछि प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको हो। अपरान्ह ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको संसद विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्चले बदर गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*