प्रचण्ड – माधव देउवालाई भेट्न बुढानिलकण्ठ जाँदै

फागुन १२, काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बुढानिलकण्ठ जाने भएका छन्।

प्रतिनिधिसभा पुन स् स्थापना गर्ने सर्वोच्चको निर्णय भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव पक्षका दुई अध्यक्ष देउवा भेट्न जान लागेका हुन्। चितवनबाट बिहान विमानमा काठमाडौं आएका प्रचण्ड र नेपालले देउवासँग विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्ने तयारी गरेका हुन्। देउवानिकट स्रोतका अनुसार अध्यक्षद्वयले भेट्न समय लिएको र केहीबेरमा आइपुग्ने कार्यक्रम छ।

संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि मंगलबार कांग्रेसका सभापति शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्डले बधाई साटासाट गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि कांग्रेस र नेकपा प्रचण्ड नेपाल समूह विरोधमा सडक आन्दोलनमा उत्रिएका थिए। बुधबार बिहान शीर्ष नेतासहितको कांग्रेस पदाधिकारी बैठक बस्ने तयारी छ। पदाधिकारी बैठकपछि केन्द्रीय समिति बैठक बस्ने र पार्टीको आगामी रणनीतिबारे निर्णय गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को माधव-प्रचण्ड पक्षले बुधबार संसदीय दलको बैठक बोलाएको छ। दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा संसदीय दलको बैठक बोलाएको हो।प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै चितवनमा बुधबार गरिने भनिएको विरोध सभालाई विजय उत्सव मनाउन निर्देशन दिँदै उनीहरु बिहान विमानमार्फत राजधानी फर्किएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*