हामीले केपी संसद्बाटै ओलीलाई कारबाही गर्छौं – भीम रावल

फागुन १२, काठमाडौँ– नेकपाको प्रचण्ड–नेपाल समूहका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तुरुन्त प्रधानमन्त्री पदबाट राजीनामा माग गरेका छन्।

नेता रावलले अंसैवधानिक कदमको आत्मआलोचना गरी प्रधानमन्त्री पदबाट तत्काल राजीनामा दिए ओलीप्रति पार्टी सकारात्मक हुनसक्ने बताए। ‘जनताको पक्षमा सर्वोच्चले फैसला गरेको छ। १३ दिनभित्र संसद् बैठक बोलाउन सर्वोच्चको आदेशबमोजिम प्रतिनिधिसभा अगाडि बढ्छ। हामीले संसद्बाटै केपी ओलीलाई कारबाही गर्छौं। अब अहिलेको अवस्थामा सरकार गठन गर्ने कुराभन्दा पनि लोकतन्त्रको रक्षा गर्नु प्रमुख कुरा हो,’ नेता रावलले भने ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावलले सर्वोच्चले जनताको पक्षमा फैसला उनको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*