दाहाल–नेपाल देउवा निवास पुगे

फागुन १२, काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुधबार दिउँसो उनको निवास पुगेका छन् ।

प्रतिनिधिसभा पुनस्स्थापनापछिको अवस्थामा दलहरू कसरी अघि बढ्ने भनेर छलफल गर्न उनीहरू बूढानीलकण्ठ पुगेका हुन् ।सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई मंगलबार बदर गरेको थियो । मंगलबार चितवनमा रहेका दाहाल–नेपालले बुधबारदेखि नै अन्य दलहरुसँग छलफल छलफल अगाडि बढाउने बताएका थिए ।

राजनीतिक दलहरुसँग सहमति र समझदारी गरेर अगाडि बढ्ने दाहालको भनाइ थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*