डा. गोविन्द केसीको अनसन स्थगित

फागुन १२, काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले आज (बुधबार) देखि सुरु गर्ने भनेको अनसन स्थगित गरेका छन्। डा. केसीले माइतिघरमण्डलामा पत्रकार सम्मलेन गर्दै आफ्नो अनसन स्थगित गरेको जानकारी दिएका हुन्।

डा. केसीले तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएको भन्दै आफ्नो अनसन स्थगित गरेको बताए। तर, आफुसँग विगतमा भएका सम्झौताहरु कार्यन्वयन नभएसम्म हाम्रो सत्याग्रही अभियान जारी रहने डा.केसीको भनाइ छ। डा. केसीले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको विषयमा गरेको ऐतिहासिक फैसलापछि देशको प्रतिगमनतिर धकेल्ने प्रधानमन्त्री केपी ओलीको प्रयास तत्कालका लागि असफल भएको समेत बताएका छन्।

‘तर प्रतिनिधि सभा पुनस् स्थापना हुँदैमा नेपालको लोकतन्त्रमाथि आइलागेका सबै संकटहरुबाट हामीले पार पाइसकेका छैनौं,’ डा. केसीले भने, ‘अब जुनसुकै प्रधानमन्त्रीको नेतृत्वमा नयाँ सरकार बने पनि कार्यशैली र राज्य सञ्चालनको प्राथमिकता ओली सरकारको जस्तै रहने हो भने त्यसले अवस्थामा खासै परिवर्तन ल्याउँदैन।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*