हेटौंडामा ट्रकले साइकललाई ठक्कर दिदा साइकल यात्रु गम्भिर घाइते
फागुन १२, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–४ फरेष्टी गेट नजिक ट्रकले साइकल यात्रुलाई ठक्कर दिदा साइकल यात्रु गम्भिर घाइते भएका छन् ।
हेटौंडाबाट कर्रा तर्फ गइरहेका कर्रा बस्ने वर्ष ३६ का दिल गौतमलाई सोहि दिशा तर्फ गइरहेको को १ क १५४३ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले बताए ।
गौतमलाई हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौँ रिफर गरिएको प्रवक्ता रानाले बताए । ‘घाइतेको हात छिनेको छ, अवस्था अलि गम्भिर भएपछि काठमाडौँ रिफर गरिएको हो,’ रानाले बताए ।
प्रहरीले ट्रक र चालक दुबैलाई नियन्त्रणमा लिएको छ ।
























