जिल्ला युवा समिति मकवानपुरको अध्यक्षमा दाहाल

फागुन १३, हेटौंडा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुर जिल्ला कमिटी सदस्य तथा युवा नेता शिबहरि दाहाल जिल्ला युवा समिति मकवानपुरको अध्यक्ष पदमा नियुक्त हुनुभएको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्को निर्णय बमोजिम जिल्ला युवा समिति मकवानपुरको अध्यक्ष पदमा दाहाल नियुक्त हुनुभएको हो ।युवा तथा खेलकुद मन्त्री दावा तामाङको अध्यक्षतामा बसेको परिषद्को बोर्ड बैठकले दाहाल सहित ७१ जिल्लामा अध्यक्ष पद मनोनयन गर्ने निर्णय गरेको छ । युवा समितिको ६ जिल्लामा अध्यक्ष पद वहाल नै रहेको बताएको छ ।

२०५८ देखि बिद्यार्थी आन्दोलनमा नेतृत्व गरेका दाहाल स्कुल प्रारम्भिक कमिटीको अध्यक्ष, हेटौंडा नगर कमिटी अध्यक्ष, २०६६ सालमा जिल्ला कमिटीको अध्यक्ष हुँदै २०६९ सालमा अनेरास्ववियुको केन्द्रिय सदस्य समेत भैसकेका छन ।  २०६५ सालमा मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियन (स्वबियु)को सचिब पदमा समेत निर्वाचित काम गरेका दाहाल २०७० सालमा अनेरास्ववियुबाट मकवानपुर बहुमुखी क्याम्पसको स्वबियु सभापतिको उम्मेदवार थिए ।

तर त्रिभुवन बिश्वबिद्धालयले अन्तिम समयमा आएर निर्वाचन स्थगित गरेको थियो । मकवानपुरे युवा तथा विद्यार्थी आन्दोलनमा लामो समय नेतृत्व गरेका दाहाल राजनैतिक तथा सामाजिक अभियानमा निकै लोकप्रिय मानिन्छन् । हाल, टोल बिकास संस्था नगर समन्वय समिती हेटौंडाको महासचिव रहेका दाहाल समाजिक रुपमा विभिन्न संघ संस्थामा समेत आबद्द रहेका छन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*