हेटौंडामा ट्रकको ठक्करबाट श्रेष्ठको मृत्यु

फागुन १३, हेटौंडा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ नवलपुरमा ट्रकको ठक्करबाट मयुरी चालकको मृत्यु भएको छ ।

बिहिबार विहान अन्दाजी ५ बजेर ४० मिनेटको समयमा मनहरीबाट हेटौंडा तर्फ आइरहेको सिमेन्ट लोड भएको ना ६ ख ४०४४ नम्बरको ट्रकले हेटौंडाबाट नवलपुर तर्फ जादै गरेको ना १ ह ३४०८ नम्बरको मयुरीलाई ठक्कर दिदा मयुरी चालक गम्भिर घाइते भएका थिए ।

गम्भिर घाइते भएका हेटौंडा ११ थानाभर्याङ बस्ने अन्दाजी बर्ष ३६ का खेमलाल श्रेष्ठको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले बताए ।

प्रहरीले ट्रक नियन्त्रणमा लिए पनि चालक भने फरार रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*