प्रचण्ड र माधवद्वारा देउवासँग भेट, सत्ता साझेदारका लागि आग्रह
फागुन १३, काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका दुई अध्यक्षले जनता समाजवादी पार्टी, नेपालका नेताहरूसँग सत्ता सहकार्यबारे छलफल गरेका छन्।
बिहान नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले जसपाका उपलब्ध शीर्ष नेताहरूसँग छलफल गरेका हुन्।
छलफलमा जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठसँग सहभागी थिए। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए।
प्रतिनिधि सभा पुनःस्थापना पछि अब नयाँ ढंगले कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको उनले बताए।
























