दाहाल–नेपालको नयाँ सरकार बन्ने सम्भावना त शून्य बराबर – सूर्य थापा
फागुन १२, काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं ओली पक्षीय नेकपाका केन्द्रीय समिति सदस्य सूर्य थापाले पुष्पकमल दाहाल र माधवकुमार नेपालको नेतृत्वमा सरकार बन्न ससम्भव रहेको बताउनुभएको छ ।
बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै केन्द्रीय सदस्य थापाले दाहाल–नेपालको नेतृत्वमा सरकार बन्नुलाई गोरु ब्याएर बिगौती खान खोजेजस्तै भएको टिप्पणी गर्नुभयो । ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेतृत्व(प्रधानमन्त्रीत्व) मा नयाँ सरकार बन्ने सम्भावना त शून्य बराबर, अर्थात् असंभव नै छ,’ उहाँले लेख्नुभएको छ, ‘यो गोरू ब्याएर बिगौती खान खोजेजस्तै मात्र हो ।’
उहाँले अन्त्यमा ‘कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाओैं ११’ पनि थप्नुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्र्रधानमन्त्रीको निर्णय उल्ट्याएर पुनःस्थापना गरेसँगै नयाँ सरकारका लागि दाहाल–नेपाल समूहका नेताहरूको दौडधुप सुरु भएको छ । उहाँहरु बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उहाँकै निवासमा पुग्नुभएको थियो ।
बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा जनता समाजवादी पार्टीका नेताहरूसँग पनि भेट गर्दै हुनुहुन्छ ।
























