ओली समूह भन्दा प्रचण्ड–नेपाल समूहको बहुमत

काठमाडौं, फागुन १३ – नेकपाको संसदीय दलमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह बहुमतमा देखिएको छ । उक्त समूहमा५२ प्रतिशत सांसद देखिएका छन् ।

अर्थात्,८८ जना सांसद प्रचण्ड–नेपाल समूहमा खुलेका छन् । यस्तै, प्रधानमन्त्री केपी ओली समूहमा चार प्रतिशत कम अर्थात् ४८ प्रतिशत सांसद छन् । त्यो भनेको ८४ जना हुन् । सोही कारण कुल एक सय ७४सांसद रहेको नेकपामा हाल एक सय ७२ जना मात्र छन् ।इलाम स्थायी घर भएकी नेकपा समानुपातिक सांसद सानु शिवाको २८ असोजमा निधन भएको थियो ।

पार्टी विभाजन भएमा दुवैतर्फका गरी करिब १६ जनासांसद भने एकअर्को समूहमा जाने सम्भावना देखिएको नेपाल निकटस्थ एक नेताको आकलन छ । त्यसैले केन्द्रीय समितिमा स्पष्ट बहुमतमा देखिएको प्रचण्ड–नेपाल समूहले संसदीय दलमा भने ओली समूहबाट चुनौति सामना गर्नुपर्ने सम्भावना देखिएको नेपाल निकटस्थ ती नेताको भनाइ छ ।

पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डित भने हालसम्म तटस्थ देखिएका छन् ।उनले प्रधानमन्त्री ओलीविरुद्ध संसद् सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा भने हस्ताक्षर गरेका थिए ।हालसम्म तटस्थ दाबी गर्दै आए पनि समानुपातिक सांसद तथा नेता वामदेव गौतम पत्नी तुलसी थापा ओली समूहको केन्द्रीय सदस्य मनोनित भएकी छन् । र, उनले उक्त समूह त्यागेको घोषणा गरेकी छैनन् ।

प्रचण्ड–नेपाल समूहमा लागेका पूर्वमन्त्री शेरबहादुर तामाङलेहालै ओली समूहमा फर्केको घोषणा गरेका छन् ।प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका प्रभु साह ओली समूहतिरै लागेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*