मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपानेले उठ्ने घोषणा

फागुन १४, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको ५४ औं वार्षिक साधारणसभामा अध्यक्ष पदका लागि राजकुमार न्यौपानेले आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै न्यौपानेले मकवानपुर उद्योग वाणिज्य संघको आउँदो चुनावमा आफू अध्यक्ष पदमा उठ्ने घोषणा गरेका हुन् ।

आगामी चैत्रमा हुने निर्वाचनमा निषेधको राजनीति बिरुद्ध आफ्नो उम्मेदवारी रहने आज पत्रकार सम्मेलन गरि न्यौपानेले जानकारी गराएका छन् ।

व्यवसायीलाई अप्ठेरो परेको समयमा नेतृत्वले गुनासो नसुन्ने र समस्या लिएर जाँदा समस्याको समाधान नगर्ने गरेको चौतर्फी कुरा आएपछि पनि आफ्नो उम्मेदवारी अपरिहार्य रहेको न्यौपानेले बताए ।

उनले संघमा भएको निषेधको राजनीति तोड्न आफूले फेरि अध्यक्ष पदका लागि उम्मेदवारी दिन लागेको बताए । आगामी चैत्र २१, २२ र २३ गते मकवानपुर उद्योग वाणिज्य संघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन हुने भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*