बालुवाटारमा आज मन्त्रिपरिषद् बैठक बस्दै

१४ फागुन , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भएपछि मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकले प्रतिनिधि सभाको बैठक आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्न सक्ने संभावना रहेको छ ।

गत फागुन ११ गतेको सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गर्दै १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*