हेटौंडामा ३ वटा सवारी ठोकिदा १० जना घाइते

फागुन १४, हेटौंडा–हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ स्थित तीनताप्केमा ३ वटा सवारी एक आपसमा ठोकिएको छ । सवारी ठक्कर खाँदा १० जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्र्तगत नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ८४१५ नम्बरको ट्रकलाई सोही दिशाबाट आईरहेको ना७ख ८८३८ नम्बरको डिम्बावाला गाडिले ठक्कर दिएको थियो ।डिब्बावाला गाडि पछाडि आउँदै गरेको ना५ख ८१८१ नम्बरको बस ठोक्किदा बसमा सवार १० जना घाइते भएका छन् । घाइतेहरुको चुरेहिल अस्पतालमा उपचार भईरहेको छ ।

हाल ३ वटै सवारी मकवानपुर प्रहरीको नियन्त्रणमा रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*