प्रधानमन्त्री ओली एक मिनेट पनि सत्तामा बस्नलायक हुनुहुन्न – विष्ट

१६ फागुन, गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपां) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले केपी शर्मा ओली पदको भोको भएर प्रधानमन्त्रीको कुर्सीमा बसिरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिए संविधान, लोकतन्त्र र नेपाल कम्युनिस्ट पार्टीको रक्षा हुने अनुकूल वातावरण बन्ने उनको भनाइ छ ।

नेकपा गुल्मीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै विष्टले भने, ‘ सर्वोच्च अदालतले हराउँदा पनि पदको भोको भएर प्रधानमन्त्रीको कुर्सीमा बस्नु नैतिकता होइन ।’

विष्टले नेकपाको आधिकारिताको पुष्टि आफूहरुतिर रहेका बहुमत केन्द्रीय सदस्यहरुले गर्ने पनि बताए । पार्टी भनेको व्यक्ति नभएर बहुमत भएको बताउँदै उनले निर्वाचन आयोगले पनि त्यसैलाई हेरेर आधिकारिता प्रदान गर्ने र सूर्य चुनाव चिह्न आफूहरुले पाउने विश्वास व्यक्त गरे ।

विगतमा पनि निर्वाचन आयोगले बहुमतलाई नै आधिकारिता दिने गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*