बागमती प्रदेशको प्रेस संगठन भेला हेटौंडामा हुने

फागुन १६, हेटौंडा । नेकपाको प्रचण्ड–माधव पक्षीय प्रेस संगठन नेपाल बागमती प्रदेशको भेला हेटौंडामा सोमबार हुने भएको छ ।

हेटौंडामा आयोजना हुने भेलाको आवश्यक तयारी पूरा भइसकेको प्रेस संगठन नेपाल बागमती प्रदेशका संयोजक सुनिल खड्काले जानकारी दिए । भेलाको तयारीका लागि खड्काको संयोजनमा मूल आयोजक समिति र विभिन्न उपसमिति गठन गरिएको छ ।

खड्काका अनुसार भेलाको तयारीका लागि आवास, भोजन, स्वागत, घोषणा पत्र, प्रचारप्रसार, प्राविधिक लगायतका उपसमितिहरु निर्माण गरेको र सबै उपसमितिले आफ्नो तयारी पूरा गरिसकेका छन् ।

भेलालाई नेकपाका प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य तथा प्रेस संगठन नेपालका इन्चार्ज योगेश भट्टराई, प्रेस संगठन नेपालका केन्द्रीय संयोजक महेश्वर दाहाल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस संगठन नेपाल बागमती प्रदेशका इन्चार्ज रामकुमार एलनले बताए ।

भेलाले बागमती प्रदेशका १० वटा जिल्लाको नेतृत्व चयन गर्ने बताइएको छ । भेलामा प्रदेशको १० जिल्लाका प्रेस संगठनमा आवद्ध १०० भन्दा बढी पत्रकारको उपस्थिति रहने जनाइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*