हेटौंडामा एक करोड ६४ लाख लागतमा सडक निर्माण सुरु
फागुन १७,हेटौंडा । हेटौंडाको पुर्वी क्षेत्रमा बिकास निर्माणका कामले तिब्रता पाएको छ । कच्ची सडकलाई पक्की निर्माण गर्ने कामले तिब्रता पाएको हो ।
यहाँका मुल सडक र भित्री सडक समेत कच्ची रहेको समयमा पहिलो प्राथमिकतामा मुल सडकलाई पक्की निर्माण गर्न लागिएको हो । यसैक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ रानी खोला देखिजोरधारा सम्म निर्माण गरिने सडकको मेयर हरि बहादुर महतले शिलान्यास गर्नु भएको छ ।
एक करोड ६४ लाख रुपैयाँ लागतहेटौंडाको पुर्व क्षेत्र अन्तरगत हटिया र हर्नामाडी क्षेत्रमा धेरै पीच सडक बनेपनि राजदेबि क्षेत्रमा भने पीच सडक नभएकाले अबका दिनमा यस क्षेत्रका सडकलाई पक्की वनाउने अभियानमा लागेको मेयर महतले वताउनुभयो ।
६ मटिर चौडाइ रहेको सडक निर्माणको काम केही हप्तामा निर्माणको काम सक्ने लक्ष राखिएको छ । ९ सय मिटर लम्बाइ रहेको यस सडक निर्माण भएपछी यस क्षेत्रका तीन सय परिवार प्रतक्ष रुपमा लाभान्वीत हुने यस क्षेत्रका समाजसेवी नरहरी महतले वताउनुभयो ।
मा निर्माण गरिने स्लाब ढलान गर्ने सडकको मेयर महले आजै शिलान्यास गर्नुभयो ।
























