प्रतिनिधिसभा अधिवेशन फागुन २३ गते बोलाउन मन्त्रिपरिषद्को सिफारिस

हेटौंडा, फागुन १७ – सरकारले फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गतेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले लोकान्तरलाई जानकारी दिए ।
फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश गरेको थियो । यसअघि गत शुक्रवारको बैठकले नै अधिवेशन आह्वानका लागि सिफारिस गरेको बाहिर चर्चा चलेको थियो ।