बाबुराम भट्टराईलाई क्यान्सर नभएको पुष्टि, मंगलबार फर्कने

फागुन १७, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि भएको छ ।

भारतको नयाँदिल्लीमा उपचाररत् भट्टराईको बायेप्सीलगायतका परीक्षणबाट क्यान्सर संक्रमण नभएको पुष्टि भएको उनका सञ्चार सहयोगी विश्वदीप पाण्डेले जानकारी दिएका छन् । उक्त ट्युमरलाई छिट्टै शल्यक्रियाद्वारा फाल्न चिकित्सकले सुझाएको उनको भनाइ छ । नफाले क्यान्सरको जोखिम बढ्ने चिकित्सकको निष्कर्ष छ ।

डा। भट्टराई मंगलबार स्वदेश फर्कने तय भएको पाण्डेले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*