सडक विस्तारको विरोधमा माइतीघर मण्डलामा विरोध प्रर्दशन
काठमडौं, फागुन १७ – बालाजु–बाइपासका सडक विस्तारको विरोधमा माइतीघर मण्डलामा विरोध प्रर्दशन गरिएको छ।
वृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तारपीडित संघर्ष समितिले आइतबार माइतीघर मण्डलामा विकासका नाममा जारी प्रतिगमनविरूद्ध विरोध प्रदर्शन गरेको हो।
उनीहरुले बालाजु बाइपासमा उठिबास गरिएका स्वबासीहरूलाई सोही स्थानमा पुनर्स्थापना गराउनुपर्ने माग गरेका छन् । प्रदर्शन सहभगाीहरुले ‘सम्पदा मास्ने भूत भगाऔं कमल पोखरी जोगाऔं, मातृ भाषा प्रयोग गर्न पाउने संवैधानिक
मौलिक अधिकार सुनिश्चित गर, गैर न्यायिक सडक विस्तार बन्द गर, नागरिकलाई सडक छाप बनाउने कस्तो नीति रु कस्तो सरकार रु, सुमन सायमीजस्ता अभियन्तालाई रिहा गर’जस्ता प्लेकार्ड बोकेका थिए।
























