मेरो ज्यान तलमाथी भइहाल्यो भने अन्यथा नमान्नुहोला – प्रधानमन्त्री

हेटौंडा,फागुन १७- प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो नेतृत्वको सरकारले राम्रो कार्य गरिरहेकाले चौतर्फी हमला भइरहेको बताएका छन् ।

पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्नुहुँदै उनेले भने, ‘यस सरकारले विकास निमार्णका काममा गति लिइरहेको छ, सवैतिर सरकारको प्रसंसा छ त्यही भएकाले सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, त्यो अत्यन्तै तीब्र रुपमा भइरहेको छ ।’

उहाँहरुले मलाई हटाउन देशी, विदेशी सवै शक्तिहरुको प्रयोग गर्नुभएको छ । म मेरो ज्यान तलमाथी भइहाल्यो भने अन्यथा नमान्नुहोला उनेले भने, ‘म रहिन भने पनि केही छैन, पार्टी छ । आन्दोलन छ । आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान दिन्न ।

आन्दोलनले प्रतिक्रियावादी तत्त्वका मतियारहरूसँग घुँडा टेक्नु हुँदैन’, ओलीले भन्नुभयो, ‘देशको भविष्य अन्धकारमा जान दिन हुँदैन । यस पार्टीलाई तलमाथि पर्न दिन हुँदैन ।’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*