पन्चकन्या माविको ११ कोठे भबनको शिलान्यास
हेटौंडा, फागुन १८ – भिमफेदी गाउँपालिका वडा नम्बर ८ इपा पन्चकन्यामा रहेको श्री पन्चकन्या माध्यमिक विद्यालयको ११ कोठे भबनको हिजो एक कार्यक्रमको बिच शिलान्यास गरिएको छ ।
२०७२ सालको भुकम्पले भत्काएको उक्त विद्यालय भबनको पुन निर्माण गर्न लागिएको हो । विद्यलय भबनको शिलान्यास गर्दै भिमफेदी गाउँपालिकाको अध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथि हिदम लामाले हाम्रो अथक मेहनतले पुन निर्माणको अन्तिम समयमा भए पनि यस ठाउँमा भवन बनाउन सफल भएको छौ यसलाइ निर्माण व्यावसाय साथिहरुले समयमा निर्माण सम्पन्न गरिदिन आग्रह गर्नु भयो ।
अध्यक्ष लामाले स्थानिय स्थरमा केही इसुहरु उठे गाउँपालिका विद्यालय ब्यबस्थापन समिती र स्थानीय अभिभावक बसेर सहजता बनाउछौ तर भबन निर्माणको काम समयमा सकाउने जिम्मा निर्माण व्यावसायको रहेको लामाले बताउनुभयो ।
२०७२ को भुकम्प र २०७७ को कोभिड १९ ले एकातिर थुप्रै बिनास गरेको छ भने अर्को तिर बिकास र परिबर्तन पनि ल्याएको पनि उँहाले बताउनुभयो २०७२ सालमा भुकम्प नगएको भए यस ठाउँमा पुरानै संरचना हुन्थो । अहिले भाइ बहिनिलाइ केही गारो त भयो होला तर २० महिना पछि सुबिधा सम्पन्न नयाँ भवनमा बसेर पठनपाठन गर्न पाउने लामाले भन्नुभयो ।
यसै गरि कोभिड– १९ को चपेटामा पनि हामी सबै पर्यौ तर अब हाम्रो भिमफेदिमा पन्ध्र शैयाको सुबिधा सम्पन्न हस्पिटल पनि बन्दै छ यो सब भुकम्प र कोभिडको कारणले भएको पनि लामाले बताउनुभयो । यस विद्यालय भवन निर्माणको कामलाइ ढिला हुन नदिने जिल्ला आयोजना कार्यन्वयन इकाइ मकवानपुरका प्रमुख बद्री पाठकले बताउनु भयो । निर्माणको सबै काम गुणस्तरीय हिसाबमा हुने र भबनमा प्रयोग हुने सबै सामनको ल्याब टेस्ट गरिने पाठकले भन्नूभयो । उहाँले भबन निर्माण स्थलमा दक्ष प्राबिधिक बसेर निर्माण गरिने पनि बताउनु भयो ।
गुणस्तरीय शिक्षानै आजको आवश्यकता भएकोले गुणस्तरीय शिक्षामा जोड दिन शिक्षक तथा अभिभावकलाई आग्रह गर्नु भयो । भबन निर्माणमा कुनै इसुहरु आउन नदिन र यदि आइहाले गाउँपालिका विद्यालय ब्यबस्थापन समिती र स्थानीय भएर सहज वातावरण बनाइदिन पनि आग्रह गर्नुभयो ।
यसैगरी भबन निर्माणको जिम्मा पाएको सर्मा एन्ड जेबि का देबराज गौतमले हामिले विद्यालय भबन निर्माण सम्पन्न गर्न २० महिलाको समय पाएको छौ तर हामी २० महिना भन्दा अगाडिनै भबन निर्माण कार्य सम्पन्न गर्ने गौतमले बताउनु भयो । चुनौतिले भरिएको ठाउँ भएपनी गाउँपालिका विद्यालय ब्यबस्थापन समिती र स्थानीय बाट सहयोग भएमा तोकिएको समय भन्दा अगाडिनै विद्यालय भबन निर्माण सम्पन्न गर्ने उहाँले बताउनु भयो ।
सिलन्यास कार्यक्रममा भिमफेदि गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नबराज अधिकारी विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिनोद अधिकारी विद्यालयका प्रधानाध्यापक सुरेश कुमार ठकुरी जिल्ला कार्यन्वयन इकाइका इन्जिनियरहरु निर्माण कम्पनीको इन्जिनियरहरुको आतिथ्यता रहेको थिय साथै कार्यक्रम विद्यालयका साहायक प्रधानाध्यापक अमृत प्रसाद भट्टराईले सन्चालन गर्नु भएको थियो ।
























