ट्राफिक प्रहरीलाई २ सय घुस दिन खोज्दा हेटौंडाका मोक्तान पक्राउ

फागुन १८, हेटौंडा । ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने हेटौंडाका एक पक्राउ परेका छन् ।

सोमबार साँझ ६ बजेको समयमा काठमाण्डौ,बालाजु स्थित सडक खण्डमा डियुटीमा खटिएका ट्राफिक प्रहरी जवान विवेक नकालले हेटौडा बस्ने वर्ष २५ को अनोज मोक्तानले चलाएको ना ५ ख ६५१४ नम्बरको ट्रकको कागज पत्र चेक जाँच गर्ने क्रममा मोक्तानले रु २०० सय दिई आर्थिक प्रलोभनमा पार्न खोजेकोले पक्राउ गरिएको हो ।

उनलाई पक्राउ गरी कारवाहीको लागि प्रहरी बृत्त बालाजुमा बुझाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*