आज बकैयाँ गाउँपालिकामा सार्वजनिक बिदा

फागुन १८, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको छ ।

स्थानीय माझी समुदायले मनाउने लदी पर्वको उपलक्ष्यमा १ दिन गाउँपालिकाभर बिदा दिएको हो । गाउँपालिकाको कार्यपालिकाको बैठकले निर्णय गरेर आजका लागि बिदा दिइएको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पुडासैनीले वताउनुभयो ।

आज बिदाको दिनमा गाउँपालिका भरीका विद्यालय, वडा कार्यालहरु र पालिका अन्तरगतका कार्यालयहरु बन्द रहने छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*