हेटौंडामा दारको ठेकीको संरचना निर्माण
मकवानपुर, १८ फागुन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० मा मकवानपुरको चिनारी दारको ठेकिको संरचना निर्माण गरिएको छ ।
यो संरचना १० नम्बर वडा नम्बर , साईराम संस्था र सो वडाको उपभोक्ता समितिको सहयोगमा निर्माण भएको हो । संरचना निर्माणको लागि वडाको ७ लाख र साईरामको १७ लाख गरि २५ लाखको लगानी रहेको वडा अध्यक्ष किताब सि लामाले जानकारी दिनुभयो ।
संरचना निर्माणको कार्य २०७६ साल असोजदेखि सुरु भएको थियो । संरचना निर्माण स्थलमा बगैँचाको काम र अवलोकनका लागि आउने सर्वसाधारणहरुका लागि खानेपानीको धारा जडान लगायतका काम बाँकी रहेको उनले बताए ।
ठेकी निर्माणको काम वडाले गरेको र बाँकी अन्य काम साईरामले गरेको उहाँले बताउनुभयो । संरचना निर्माणस्थलको बाँकी काम २ महिनाभित्र सकिने बताइएको छ ।
कोरोनाको कारण काम गर्न ढिला भएको र अब कामले निरन्तरता पाउने लामाले बताउनुभयो । बसपार्क ठेकी निर्माण तथा खानेपानी आयोजना उपभोक्ता समिति गठन गरी संरचनाको निर्माण गरिएको हो ।
मकवानपुर जिल्ला दारको ठेकीको लागि प्रशिद्ध छ भनी चिनाउनको लागि संरचना निर्माण गरिएको हो ।
























