माइक्रोले तीनवटा सवारीलाई ठक्कर दिँदा ९ जना घाइते

फागुन १८, काठमाडौं । चितवनमा माइक्रोबसले एउटा कार र दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा ९ जना घाइते भएका छन् । माइक्रोबसले एउटा कार र दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा ९ जना घाइते भएका हुन् ।

मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा २ ख ७९६७ नम्बरको माइक्रोले मुग्लिनतर्फ जाँदै गरेको बा २च २८२४ नम्बरको कार तथा ना१७ प ४०१२ र ना २७ प ७०८९ नम्बरको मोटरसाइकललाई चितवनको भरतपुर महानगरपालिका–१, भतेरी जंगलमा ठक्कर दिँदा नौजना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सुर्य बाहादुर थापाले लोकपथलाई बताए ।

घाइतेहरुलाई उपचारको लागि भरतपुर पठाइएको डिएसपी थापाले जानकारी दिए । दुर्घटनामा परेका चारवटै सवारी–साधन तथा माइक्रोबसका चालकलाई नियन्त्रणमा लिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*