कैद भुक्तान गर्न बाँकी रहेका हेटौंडाका भुजेल पक्राउ
फागुन १८, हेटौंडा । लागु औषध मुद्दामा १० दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी ३२ वर्षीय दिनेश भुजेललाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा–१७ का भुजेललाई प्रहरीले सोमबार पक्राउ गरेको हो । जिल्ला अदालत मकवानपुरको मिति २०६९ फागुन १ गतेको फैसला अनुसार उनले १० दिन कैद भुक्तान गर्न बाँकी रहेको छ ।
भुजेललाई जिल्ला अदालत मकवानपुरमा उपस्थिति गराएर बाकी कैद भुक्तानको लागि कारागार कार्यालय भिमफेदी पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
























